धनगढी । कैलारी गाउँपालिका–३, भितरियास्थित मोहना नदीमा निर्माणाधीन झोलुङ्गे पुलको पिल्लर कटानको जोखिममा परेको छ । पिल्लर कटानमा परेसँगै पुल पनि जोखिममा परेको हो ।
मोहना नदीले तीव्र रूपमा कटान गर्न थालेपछि दक्षिणतर्फको पिल्लर कटानको जोखिममा परेको हो । नदीको कटान नरोकिएकाले पुलमा हिँड्ने सपना सपनामै सीमित हुनेमा स्थानीय चिन्तित छन् ।
पुलको दक्षिणतर्फको पिल्लरलाई नदीले भत्काउने अवस्था देखिएको वडाध्यक्ष सन्तराम चौधरीले बताए । सोही वडाको खोनपुर घाटमा निर्माण हुन लागेको झोलुङ्गे पुलको एकतर्फ पिल्लरलाई नदीले बगाएपछि पुल निर्माण नै अलपत्र भएको छ । २०७९ साउन १८ गते आएको बाढीले पुलको एकतर्फको पिल्लर बगाएको थियो । एउटा पिल्लर बगेपछि खोनपुर घाटमा पुल निर्माणमा एक करोड ६६ लाख रुपियाँ लगानी खेर गएको छ ।
निर्माण पूरा हुने तयारीमा रहेको भितरिया घाटको पुलको हालत पनि खोनपुरकै पुलकै जस्तो छ । वडा कार्यालयको तीन लाख ३५ हजार रुपियाँ सहयोगमा पिल्लर वरिपरि जैविक तटबन्ध निर्माण गरिएको छ । मोहना नदी कटान गर्दै पिल्लरको पाँच मिटर नजिक आइपुगेको स्थानीय सैतुरा चौधरीले बताए ,