बैतडी : ७ पटक अप्रेसन गराउँदा पनि रोगको निदान नभएपछि बैतडीको सिगास गाउँपालिका ३ कुराडीका ४१ बर्षीय रघुबीर साउँद अहिले काठमाडौं पुगेका छन् । उपचारका लागि भन्दै काठमाडौं पुगे पनि उनिसँग उपचार खर्च भने छैन् । सानैमा बुवा गुमाएका उनको घरमा अहिले बृद्ध आमा, श्रीमती र ४जना बालबच्चा रहेकाछन् । साउद श्रीमती र ४ बर्षीय छोरासहित काठमाडौं पुगेका हुन् । मनकारी व्याक्तिहरुहरुबाट सहयोग माग्दै गाडीभाडाको जोहो गरेर काठमाडौं पुगेका उनको आर्थिक अवस्था दयनीय छ ।
साउद भन्छन्, ‘भुकम्पले घर भत्कायो, दैनिक छाकटार्न आयश्रोत छैन्, सञ्चार माध्यममा समाचार आएकाले केहि व्याक्तिहरुले गाडीभाडा दिएको हुदाँ काठमाडौंसम्म पुगेको हुँ । तर काठमाडौंमा कहाँ जाने रु के गर्ने रु कसलाई भेट्ने ? केहिपनि थाहा छैन् । यहाँ केहि समाजसेवी व्याक्तिहरुले मलाई २ दिन होटलमा बस्न व्यवस्था गरिदिएको हो, यो बिरानो सहरमा पहिलो पटक पुगेको हुँ, यता हाम्रो कोही पनि आफन्त छैनन्, उपचार गर्दागर्दै २ बर्ष बितिसक्यो, अझैपनि उपचार हुन्छ की हुदैँन थाहै छैन् ।’ साउद उपचार गराउदाँ गराउदैँ डडेल्धरादेखि भारतको बरेली सम्म धाइसकेका छन् ।
पटक–पटक अप्रेसन गरेपनि निको नभएका उनि काठमाडौंमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल मार्फत समस्या प्रस्तुत गरेर उपचारखर्चको आश मान्दै राजधानी धाएको बताउछन् । साउँद काठमाडौँ पुगेको दोस्रोदिन इन्दे्रणी टेलिभिजन कार्यक्रमका गएका थिए । उनलाई त्यहाँबाट ३० हजार रकम उपचार सहयोग प्राप्त भयो । उक्त रकम साथमा लिएर अस्पताल गएका छन् । अहिले उनलाई केही सञ्चारकर्मी र समाजसेवी युवाहरुको सहयोगमा काठमाडौंस्थित केएमसी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।
तर दैनिक खानपान तथा औषधी भने आफैले खरिद गर्नुपर्छ । रघुबिर संग पैषा आउने कुनै माध्यम भने छैन् । युवानेता तथा समाजसेवी शिवराज भट्ट र हिमालय बमले प्रतिनिधिसभा सांसद समेत रहेका डाः सुनिल शर्मासंग कुरा गरेर शर्माकै केएमसी अस्पतालमा उपचार सुरु गरिएको हो । रघुबिरको खुट्टाका औलाहरु यसअघि नै काटिसकेका छन् । उनको दायाँ खुट्टाका २ औला छैनन् भने बायाँ खुट्टाको १ औला छैन् । दायाँ खुट्टाको नशाको समेत अप्रेसन गरिएको छ । रघुबिर श्रीमती र १ छोरा सहित काठमाडौं आएपछि उनको घरमा रहेकी बुढी आमा र ३ बालबच्चाहरुको अवस्था अझै नाजुक छ ।
घरमा रहेका उनिहरु भुकम्पले आधा भत्काएको जिर्ण घरमा बसिरहेका छन् । मजदुरी गरेर गर्जो टार्ने रघुबिर दम्पती उपचारका लागि काठमाडौं गएसंगै बुढीआमा र बच्चाहरुलाई दैनिक छाकटार्न मुस्कील परेको छ ।