धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–८, जरहीका करण साउद ड्र्यागन ९सिउँडी० फलको खेती गरी मनग्गे आम्दानी गर्न थालेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा भारतको पन्जाबमा लामो समय बिताएका साउद बल्ल बुद्धि फिरेको बताए । इन्टरनेटको माध्यमबाट सिउँडी फल खेतीबारे जानकारी पाएपछि उनले भारतबाट नै बेर्ना ल्याएर व्यावसायिक खेती थालेका हुन । तीन कट्ठा जमिनमा सिउँडी फल लगाएको तीन वर्षपछि आम्दानी दिन थालेको छ ।
७० बोटका फलबाट पहिलो चरणमा पाकेका फल बेचेर ३० हजार रुपियाँ आम्दानी भएको उनले बताए । आफ्नै देशमा केही काम गरेर मनग्गे कमाउन सकिन्छ भन्ने आत्मविश्वासले व्यावसायिक खेती सुरु गरेको उनको भनाइ छ । अहिले करणले फल बिक्रीसँगै ड्र्यागनको बेर्नासमेत तयार गरी बिक्री सुरु गर्नुभएको छ । उहाँले तयार गरेको बेर्ना तीन सय रुपियाँका दरले बेच्ने गरेको बताए । कतिपयले व्यावसायिक खेती गर्नुभन्दा पनि एकरदुई बोट लगाउने हिसाबले ड्र्यागनका बेर्ना लैजाने गरेको उहाँले जानकारी दिए ।