धनगढी । ललितपुरको चापागाउँमा १२ र १३ वर्षका दुई बालकले मोबाइलमा अश्लील भिडिओ ९पोर्न फिल्म० हेरेर ७ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएको छ ।
प्रहरी वृत्त चापागाउँमा परेको उजुरीका आधारमा नाम परिवर्तित दुई बालक ‘चापागाउँ ४० बहादुर’ र ‘चापागाउँ ४५ बहादुर’ले स्थानीय ७ वर्षीया बालिका नाम परिवर्तित ‘गोदावरी ५७ कुमारी’लाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
घटना असार २० गतेको हो । गर्मी बिदाका कारण विद्यालय बन्द भएका बेला बालिका सुनाकोठीस्थित बालकुमारी चौरमा खेलिरहेकी थिइन् । बालकहरूले दिएको बयानअनुसार १८(१९ वर्षको एक युवाले उनीहरूलाई आफ्नो मोबाइलमा अश्लील भिडिओ देखाएका थिए ।
भिडिओ हेरेपछि ती दुई बालक चौरमा खेल्न निस्किए । त्यहाँ खेलिरहेकी ७ वर्षीया बालिकालाई देखेपछि उनीहरू उनलाई जङ्गलतर्फ फकाएर लगे ।त्यसपछि ती बालकले आफ्नो चप्पललाई मोबाइल भनेर नक्कल गरे र अर्को बालकले भिडिओमा देखिएको जस्तै बालिकासँग नक्कल गर्न थाले । बालिका रुन थालेपछि उनीहरू बालिकालाई फकाएर उनको घरसम्म लगिदिए ।
बालिकाले घरमा घटनाबारे बताइनन् । घटनाबारे स्कूलमा शिक्षिकालाई भनिन् । शिक्षिकाले बालिकाको अभिभावकलाई बोलाएर जानकारी गराएपछि प्रहरीमा उजुरी परेको हो । प्रहरीले ती बालकलाई नियन्त्रणमा लिई सोधपुछ गरेको छ । उनीहरूमाथि कानूनी कारबाही अघि बढेको छ ।