बैतडी–बैतडीको मेलौली नगरपालिका वडा नं २,३,७,८ र ९का विभिन्न क्षेत्रमा चितुवा देखिएपछि स्थानीयबासिन्दाहरु त्रसित बनेका छन् । दिउँसो समयमा चितुवा देखिन थालेपछि स्थानीयहरु त्रसित बनेका हुन् । गाउँबस्ती नजिकै चितुवा देखिन थालेपछि स्थानीयहरु त्रसित बनेका मेलौली २ का स्थानीय भुपेन्द्र ठगुन्नाले बताए । गएको १५ दिन यतादेखि मेलौली नगरपालिका वडा नं २ र ३ को सीमाना स्यालतडी क्षेत्रमा चितुवा देखिन थालेको उनले बताए । बैतडी–बैतडीको मेलौली नगरपालिका वडा नं २,३,७,८ र ९का विभिन्न क्षेत्रमा चितुवा देखिएपछि स्थानीयबासिन्दाहरु त्रसित बनेका छन् । दिउँसो समयमा चितुवा देखिन थालेपछि स्थानीयहरु त्रसित बनेका हुन् ।
गाउँबस्ती नजिकै चितुवा देखिन थालेपछि स्थानीयहरु त्रसित बनेका मेलौली २ का स्थानीयले बताए । गएको १५ दिन यतादेखि मेलौली नगरपालिका वडा नं २ र ३ को सीमाना स्यालतडी क्षेत्रमा चितुवा देखिन थालेको स्थानिय बताउछन् । स्यालतडी क्षेत्रमा चितुवा देखिन थालेपछि मेलौली नगरपापालिका वडा नं २ को कार्यालयले एक सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेको छ । वडाले जारी गरेको सूचनामा मेलौली नगरपालिका वडा नं २ र ३ को सीमाना स्यालतडीमा चितुवा देखिएकाले उक्त क्षेत्रमा जाँदा सतर्कता अपनाउन भनेको छ ।
यस्तै डिभिजन वन कार्यालय अन्तर्गतको मेलौली कुलाउ सवडिभिजन वन कार्यालयले पनि एक सूचना जारी गर्दै मेलौली नगरपालिका वडा नं २, ३, ७,८ र ९का खोला किनार क्षेत्रहरुमा चितुवा सक्रिय रहेको जनाएको छ । यी वडाहरुका सुर्नया नदी किनारका बासिन्दाहरुलाई चितुवाको आक्रमणबाट बच्नका लागि सूचनामा आग्रह गरिएको छ । यी क्षेत्रहरु पहिलादेखि नै चितुवा प्रभावित क्षेत्र भएकाले रातिको समयमा बाहिर ननिस्कन र हिँडडुल नगर्न आग्रह गरिएको छ ।
जिल्लाको तल्लोसोराड क्षेत्रमा यो भन्दा पहिला पनि चितुवाले आतंक मच्चाएका कारण स्थानीयहरुमा त्रास पैदा भएको हो । २०६८ साल यता चितुवाको आक्रमणबाट मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाका विभिन्न स्थानमा २५ जनाले ज्यान गुमाइसकेका छन् । ती क्षेत्रहरुमा चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । यही अवधीमा १२ चितुवा समेत मरेका छन् । ७ चितुवा पासोमा परेर मरेका छन् भने ३ ओटा प्राकृतिक कारणले मरेका छन् । २ ओटा चितुवा चोटपटक लागेर मरेका छन् ।