धनगढी । विगत ३० बर्ष देखि बेलायतमा बस्दै आएका दिपक शर्माले धनगढीमा रहेको दृष्टि फाउन्डेसनमा हरेक महिना आर्थिक सहयोग गर्न बताएका छन् । सहाराविहीन सडक मानवको उद्धारगरी आश्रय दिदैंआएको धनगढीस्थित दृष्टि फाउन्डेसनलाई मासिक करिब ४० देखि ५० हजार आर्थिक सहयोग गर्न इच्छा जाहेर गरेको दृष्टि दृष्टि फाउन्डेसनका अध्यक्ष कल्पना भट्टले बताईन ।
२०७३ असारदेखि देखि संञ्चालनमा आएका दृष्टि फाउन्डेसनले अहिले सम्म हजारौ सहाराविहीन सडक मानवको उद्धारगरी आश्रय दिएको छ ।घरबाट निकालिएका, मानसिक रोगी, असहाय र बेसहारा ५० महिला र १५ जना बालबालिका सहित ६५ जनालाई आश्रय दिइरहेको फाउन्डेसने एक हजार बढीलाई घर परिवारसगं पुन मिलन गराइसकेको छ ।
२५ जनाको आफै अन्तिम संस्कार समेत गरिसकेको फाउण्डेशनले १२ जना बालबालिकाहरुलाई स्कुल पढाइरहेको छ । मानविय सेवमा अग्रसर हुदै आएको दृष्टि फाउन्डेसन लाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको समाजसेवी दिपक शर्माले बताए । समाजसेवी र दानवीरले दिएको मुठीदानका भरमा संस्था चलेको आफ्नी सासु बाट दृष्टि फाउन्डेसन संञ्चालनमा आएको सुनेपछि आफुले पनि सहयोग गरेको उनले बताए ।
मुठि दानबाटै बेसाहाराको सेवामा तल्लिन फाउण्डेशन हाल धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलाली गाउँ स्थित आफ्नै भवनमा सञ्चालित छ । कतिपयले आश्रममा जन्मदिन, वैवाहिक वार्षिकोत्सव, आफ्न्तहरूका पुण्यतिथिमा दान गर्दै आएका छन् ।