कञ्चनपुर- कञ्चनपुरमा दुई बालबालिकाको पानीमा डुबेर मृत्य भएको छ । शुक्लाफाँटा नगरपालिका–४ मा माछा पोखरीमा नुहाउने क्रममा सोही ठाउँकी १३ वर्षीया विपना चुनाराको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ । सोही पोखरीमा डुबेर अर्की बालिका घाइते भएकी छिन् । १३ वर्षीया दिविका सुनारलाई घाइते अवस्थामा उद्दार गरिएको र उनको उपचार भइरहेको प्रहरीले बताएको छ ।
यस्तै, भीमदत्त नगरपालिका–१९ बागँफाटामा वडा कार्यालय पछाडि रहेको पानीको तलावमा डुबेर सोही ठाउँका ५ वर्षीय सुर्जित रानाको मृत्यु भएको छ । रानालाई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा बुधबार चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।