धनगढी । कैलालीको सामुदायिक वनमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–३ चौकिडाँडा स्थित महिला सामुदायिक वनमा गोदावरी नगरपालिका–११ लिउसन बस्ने ७९ वर्षीय नरी कामी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
उनी बुधबार साँझ चौकिडाँडा महिला सामुदायिक वनमा मृत अवस्थामा फेला परेका थिए। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।