बैतडीः बैतडीका एक युवकको भारतमा मृत्यु भएके छ। रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीकाको सुर्नया गाउँपालिका–४ नोडालेक घर भएका अन्दाजी २०/२१ वर्षीय सोनु महराको मृत्यु भएको स्थानीय प्रिन्स महराले जानकारी दिए। भारतको पानीपथमा काम गर्दै आएका महराको आइतवार राति मृत्यु भएको र सोमवार घरपरिवारलाई खबर आएको उनले बताए। महराको दुर्घटनामा परी मृत्यु भएको भनिएपनि शवको प्रकृति हेर्दा त्यस्तो नदेखिएको महराले बताए। उनको शव रेलको लिकमा फेला परेको थियो।