डोटीः डोटीबाट प्रशासनको टोली पूजा सामग्री ९पेटारो० बोकेर बडीमालिका प्रस्थान गरेको छ। सोमवार जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा टोली पैदल यात्रा गर्दै बडीमालिका प्रस्थान गरेको हो। प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विशेष पूजाआजा गरी टोलीलाई विदाइ गरेका थिए।
सरकारी पूजा सामग्रीलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सलामी दिएर पञ्चेबाजासहित जिल्ला प्रशासन कार्यालयबाट सोमवार विदाई गरिएको हो। टोलीमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, स्थानीय पूजारी तथा सन्तको सहभागिता रहेको छ।