धनगढी: सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह सगैं अन्य ६ मन्त्री र ३ राज्यमन्त्रीले सपथ लिने भएका छन् । सोमबार दिउँसो साढे ३ बजे प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कमल बहादुर शाह र अन्य ६ मन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाले सपथ खुवाउने छन् । त्यस लगत्तै ३ जना राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री कमल बहादुर शाहले सपथ गराउने तयारी गरेका छन् ।
नेपाली काग्रेंसबाट मुख्यमन्त्री कमल बहादुर शाह सगैं आर्थिक मामिला मन्त्रीमा कञ्चनपुरका बहादुर सिहं थापा, सामाजिक बिकास मन्त्रीमा अछामका मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा कैलालीका प्रकाश बम र सामाजिक बिकास राज्यमन्त्रीमा डडेल्धुराकी सरस्वती खड्का सिफारिश भएका छन् । यस्तै एमालेबाट भौतिक पुर्वाधार बिकास मन्त्रीमा बैतडीका शुरेन्द्र पाल, भुमी, ब्यवस्था कृषी तथा सहकारी मन्त्रीमा कञ्चनपुरका बिर बहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कञ्चनपुरका हिरा शार्की नियुक्त हुन लागेका छन् । भौतिक पुर्वाधार बिकास राज्यमन्त्रीमा डोटीकी निर्मला साउँद नियुक्त हुने भएकि हुन् ।
नागरिक उन्मुक्ति पार्टीले पनि पूर्व सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरिरकेको छ । उनलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईने छ । एमालेका पाल, थापा र शार्की यसअघि २४ दिनका लागि मात्रै मन्त्री भएका थिए । जेठ २८ गते मन्त्री भएका दुबैजनाले असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि राजीनामा दिएका थिए ।