धनगढी : नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको छ । संसदीय दलको बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको हो । भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका हीरा सार्कीलाई पठाइने भएको छ । यी तीनैजना मन्त्री यसअघिको सरकारमा पनि सहभागी भएका थिए । थोरै समय मन्त्री भएको तीनैजनालाई एमालेले फेरि अवसर दिएको हो ।
एमालेले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउदलाई पठाउने भएको छ ।