धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज सपथ ग्रहण गर्ने भएका छन् । दोस्रोपटक आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे सपथ ग्रहण गर्ने भएका हुन् ।
प्रदेश प्रमुखकाे कार्यालयले सपथ ग्रहण कार्यक्रमका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । मुख्यमन्त्री शाहले सपथ ग्रहण गरे लगत्तै मन्त्रीपरिषद् विस्तारकाे तयारी समेत गरेका छन् ।
त्यसका लागि शाहले सत्तारूढ नेकपा एमालेसँग छलफल गरिरहेका छन् भने कांग्रेसमा समेत मन्त्रीकाे नाम टुंगो लगाउन छलफल जारी छ
नेपाली कांग्रेस र नेकपा एमालेबीच तीन/तीन मन्त्रालय लिने समझदारी भएपनि कुन मन्त्रालय लिने भन्ने कुरा टुंगो लाग्न बाँकी छ । नागरिक उन्मुक्ति पार्टीलाई समेत एउटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने मुख्यमन्त्री शाहकाे तयारी छ ।
१७ असारमा कांग्रेस र एमालेकाे गठबन्धन बनेपछि अल्पमतमा परेका एकीकृत समाजवादीका दीर्घबहादुर साेडारीले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।