धनगढी :कञ्चनपुरको सिमावर्ती क्षेत्रमा मानव र बन्यजन्तुबिच द्वन्द बढेको छ । पछिल्लो दुई बर्षमा मात्रै जिल्लाका ३ महिलाले ज्यान गुमाइसकेका छन् । बाघले मानव सगैं घरपालुवा जनावरहरुपनि मारेको छ । दोधरा–चाँदनी मात्र नभई कञ्चनपुरको शुक्लाफाँटा, बेलडाडी, बेलौरी, लालझाडी, पुनर्वासमा बाघको आक्रमणमा परेर मानिस र जनावरको मृत्यु हुने गरेको छ । एक साताको अवधिमा मात्रै बाघले एक महिलाको ज्यान लिइसकेको छ भने आधा दर्जन घरपालुवा पशुको ज्यान लिइसकेको छ ।
गत वर्ष जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा २ महिलाले ज्यान गुमाएका छ । बिहीबार बिहान १० बजे धान गोडमेल गर्न पुगेकी शाह बाघको आक्रमण परिन । बाघले घिसार्दै उनलाई उखुबारी लग्यो । बुधवार देखि देखिएको बाघ खोज्न पुगेको निकुञ्जको टोली र स्थानीयले उनको शव नजिकै उखुबारीमा फेला पारेको थियो ।
गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा घाँस दाउरा गर्न गएकी पुर्नवास नगरपालिका – १० कि ३२ वर्षीय कलशा सार्कीले बाघको आक्रमणमा परि ज्यान गुमाउनु परेको थियो । उनीसँगै रहेका अन्य महिलाले भागेर ज्यान बचाएका थिए । त्यसको केही दिनपछि बेलौरी सँग सीमा जोडिएको भारतीय गाउँ सम्पुर्णानगर खजुरिया नजिक एक भारतीय महिलाको पनि बाघको आक्रमण परी ज्यान गुमाइन् ।
सीमावर्ती क्षेत्रमा बाघले वैशाख महिनामा बेलौरी नगरपालिका – ८ पचुइ घाँस काट्ने क्रममा सोही ठाउँ बस्ने ४५ वर्षीय गङ्गा चन्दलाई पनि आक्रमण गरेको थियो । उक्त बाघलाई पनि बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाट आएको प्राविधिक टोलीले डार्ट गरी काठमाडौँ पुगाइसकिएको छ ।