धनगढी: सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली काग्रें ससंदिय दलका नेता कमल बहादुर शाहले दावी पेस गरेका छन् । आज प्रदेश प्रमुख नाजिर मियालाई बहुमत प्रदेशसभा सदस्यको समर्थन सहितको पत्र शाहले बुझाएका हुन् । एमाले ससंदिय दलका नेता राजेन्द्र रावल समेतको समर्थनमा उनले दावी पेस गरेका हुन् । एमाले ससंदिय दलका नेता रावलले बहुमत प्रदेशसभा सदस्यको समर्थन शाहलाई भएका कारण मुख्यमन्त्रीमा नियुक्त गर्न प्रस्ताव गरेका थिए । नेपाली काग्रेंसका १८ र नेकपा एमालेका ११ गरी २९ प्रदेशसभा सदस्यको समर्थन सहित शाह प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजिनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए । केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । यी दुई दल बाहेक नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी हुने जनाइएको छ ।
साझँ ५ बजेपछि शाहलाई प्रदेश प्रमुख मियाले मुख्यमन्त्रीमा नियुक्त गर्ने छन् । सोमबार आफु सगैं सिगों क्याविनेटको सपथ ग्रहण गराउने शाहको तयारी छ । काग्रेंसबाट मुख्यमन्त्री बाहेक २ जना मन्त्री बन्ने छन् । मन्त्रीका लागी बहादुर सिहं थापा, मेघराज खड्का, पदम शाही, मान बहादुर रावल, बिक्रम धामी लगायतले आकाक्षां राखेका छन् । एमालेबाट शुरेन्द्र पाल र बिर बहादुर थापा दोहोरिदा हिरा शार्की र शन्तोस सर्मा थापा मध्ये एक जना मन्त्री बन्ने छन् । नागरिक उन्मुक्तीबाट लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने पक्कापक्की भएको छ ।