धनगढी : कञ्चनपुरको महेन्द्रनगरमा २ किशोर बस्दै आएको कोठामा लागू औषध खैरो हेरोईन भेटिएको छ । शनिबार नेपाल प्रदेश प्रहरी कार्यालय महेनद्रनगर, लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले लागू औषध सहित २ किशोरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका – ४ घर भइ हाल भिमदत्त नगरपालिका – ४ भासीमा कोठा लिएर बस्दै आएका १८ वर्षीय किशोर र बैतडीको सुर्नया गाउँपालिका – ४ घर भएका १८ वर्षीय किशोर रहेका छन ।
उनीहरु कोठामा बसिरहेको अवस्थामा शंका लागि खानतलासी गर्दा लागू औषध सहित पक्राउ परेका हुन । उनीहरुको साथबाट लेदरको झोला भित्र लुकाई राखेको अवस्थामा ०.७८ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र नगद २३ हजार ६ सय बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।