धनगढी :सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामाको घोषणा गरेका छन् । शुक्रबार प्रदेशसभामा सम्बोधन गर्दै सोडारीले मार्ग प्रसस्त गरेको घोषणा गरेका हुन् । प्रदेशसभामा सम्बोधन गर्दै सोडारीले आफुले सबिंधान अनुसार अल्पमतमा परेको ३० औँ दिन राजिनामा घोषणा गरेको बताए ।
२० असारमा एमालेले समर्थन फिर्ता लिए सगैं अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन संसद् आह्वान गरेका थिए । उक्त संसद्मा सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । संसद्मा मार्ग प्रशस्त गरेको घोषणा गरेर मुख्यमन्त्री सोडारी राजीनामा पत्र बुझाउन प्रदेश प्रमुख कार्यालय पुगेका छन् ।