धनगढी :श्रमिक कम्युनिस्ट पार्टी नेपालले सगंठन निर्माण सगैं जनतालाई साथमा ल्याउने उद्देश्य सहित जनतामा जाऔँ, जनताको सेवा गरौँ अभियान शुरु गर्न लागेको छ । शक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय संयोजक पूर्णबहादुर सिंह (समरजङ्ग)ले पुस्पलालले स्थापना गरेको सच्चा क्रान्तिकारी उत्तराधिकारी यही पार्टी रहेकाले अब जनता सगैं गएर उहाँहरुले खोजेको देश बनाउन तर्फ केन्द्रित हुने बताए । हामी सगंठन बनाउने कार्यमा त छदैछौँ तर जुन ब्यवस्थाबाट जनता आजित भएका छन् ति जनताहरु कहाँ हामी पुग्ने छौँ उनले भने “यो ससंदिय ब्यवस्था दलाल र पुजिवादीका लागी मात्रै हो, आफु र आफ्ना वरीपरीकालाई मालामाल बनाउने तर जनताको स्थिती जहाँको त्यहीँ यही ब्यवस्थाका कारण हो, जनताको अवस्था फेर्न दलाल पुजिंवादी ब्यवस्था फेर्नुपर्छ त्यसका लागी हामी पहिलो चरणमा जनताकहाँ जाने छौँ ।”
श्रमिक कम्युनिस्ट पार्टीले पन्चबर्षिय योजना बनाएको उनले बनाए । यो ससंदिय ब्यवस्थाले ६ महिनामा ९ महिनामा सरकार बनाउने ढाल्ने र कसैलाई प्रधानमन्त्री, मन्त्री देखी सांसद बनाउने काम बाहेक कुनै उपलब्धी नभएको सिहंले बताए । यसको बिकल्पमा जनता उत्रिसकेकाले त्यसको नेतृत्व श्रमिक कम्युनिस्ट पार्टीले लिने उनको भनाई छ । पन्चबर्षिय योजना अनुसार हामी २०८१ सालभरी जनताकहाँ जाने छौँ उनले भने “हामी जनताका खेतबारीमा जानेछौँ, सगैं काम गर्ने छौँ र हाम्रा एजेण्डा जनताकहाँ प्रस्ट पार्ने छौँ, त्यसपछि अर्को बर्ष यो ब्यवस्थाका बिरुद्ध सशक्त ढगंले मोर्चा बनाउने छौँ र देशमा भइरहेका भ्रस्टाचार, कमिसनतन्त्र लगायत बेथितिका बिरुद्ध सबै एकजुट बन्नेछौँ र पन्चबर्षिय योजना अनुसार यो दलाल र पुजिवादी ब्यवस्था बिरुद्ध सफल हुने छौँ ।”
आफूहरूले रहर वा लहडमा नभएर देशको आवश्यकताले पार्टी निर्माण गरेको स्पष्ट पार्दै सिहंले यो आवश्यकता र बाध्यताको परिणाम भएको प्रस्ट पारे । यसअघि कैयौँ नेताहरूले आर्थिक, साँगङ्गठनिक स्वार्थहरुका कारण पार्टी विभाजन गराएको र मार्क्सवाद जादै सामन्तवाद लागू गरेकाले आन्दोलनहरू विघटनको सिकार बनेको धारणा राख्दै संयोजक उनले वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशामा गोलबन्द भएर कान्ति सफल पार्न सच्चा मालेमावादी, क्रान्तिकारीहरुलाई आह्वान गरे । साम्राज्यवादले रोकेको नभएर अवसरवादले नेपालको कम्युनिस्ट आन्दोलन विभाजित र असफल भइरहेको बताउँदै उनले नेताहरू बिक्ने र आन्दोलन धराशायी गर्ने रोग निर्मूल पार्दै श्रमिक कम्युनिष्ट पार्टीले क्रान्ति सफल पारेरै छोड्ने दावी गरे ।