काठमाण्डौ – कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बिहान राष्ट्रिय परीक्षा बोर्डले २०८१ वैशाख १४ देखि सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९० हजार ८६८ र ग्रेडवृद्धितर्फ १ लाख १९३ जना विद्यार्थीले परीक्षा आवेदन भरेकामध्ये २ लाख ३१ हजार २३६ वद्यिार्थीले ग्रेड प्राप्त गर्न सफल भए अर्थात् उत्तीर्ण भएका छन् ।
यसपालि १२२ जनाको परीक्षा रद्द भएको छ भने १२ हजार ६७२ परीक्षार्थी अनुपस्थित रहे । राष्ट्रिय परीक्षा बोर्डको वेभसाइट र नेपाल टेलिकमको वेभसाइटबाट परीक्षाफल हेर्न सकिन्छ । साथै ल्भ्द्य टाइप गरी एक स्पेस दिएर सिम्बोल नम्बर राखी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिन्छ । १६०० मा फोन गरेर पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु