काठमाडौँ – नेकपा एमालले लेखराज भट्टलाई पुनः सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ । यसअघि कर्णाली प्रदेशको इन्चार्ज रहेका भट्टलाई बिहीबार बसेको एमाले सचिवालय बैठकले सुदूरपश्चिमको जिम्मेवारी तोकेको हो । यसअघि सुदूरपश्चिमको इन्चार्ज रहेका छविलाल विश्वकर्मा भने अहिले जिम्मेवारी बिहिन बनेका छन । कर्णालीको इन्जार्ज हुनु अघि भने भट्ट सुदूरपश्चिमकै इन्जार्जका रुपमा रहेका थिए ।
सचिवालय बैठकले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटीलाई इन्चार्ज तोकेको छ । यसअघि एमालेले फरक भूगोलमा नेताहरुको जिम्मेवारी दिएकोमा त्यसलाई परिवर्तन गर्दै अहिले भूगोलका आधारमा प्रदेश इन्चार्ज बनाएको छ । सोही अनुसार सुदूरपश्चिमका लेखराज भट्टले सुदूरपश्चिमकै जिम्मेवारी पाएका हुन ।