धनगढी :सुदुरपश्चिम प्रदेशको आगामी मुख्यमन्त्रीका लागी नेपाली काग्रेंसका प्रकाश बहादुर देउवाको सम्भावना बढेको छ । शुक्रबार बिश्वासको मत लिन लागेका दीर्घ सोडारीले बिश्वासको मत नपाए अर्को सरकार गठनका लागी प्रदेश प्रमुखले आवह्वान गर्ने छन् । नेपाली काग्रेंसका् भागमा परेको सुदुरपश्चिम प्रदेशमा काग्रेंस ससंदिय दलका नेता कमल बहादुर शाह, नेता प्रकाश देउवा, बहादुर सिहं थापा, दिवान सिहं बिष्ट लगायत नेताहरु काठमाण्डौँ धाइरहेका छन् । यि चार नेता मध्ये अब कमल बहादुर शाह तथा प्रकाश देउवा मध्ये एकजना मुख्यमन्त्री बन्ने काग्रेंसका एक प्रदेशसभा सदस्यले बताए ।
निबर्तमान मुख्यमन्त्री कमल बहादुर शाहलेनै प्रकाश देउवालाई मुख्यमन्त्री बनाउा खोज्नुभएको छ ति प्रदेशसभा सदस्यले भने “यसो हुँदा देउवाको सम्भावना बढी छ, केन्द्रले कुनै निर्णय गरेको छैन, अब गर्छ होला, शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीको किपक्षमा हामी मतदान गछौँ, त्यसपछि नयाँ सरकार गठनको आवह्वान पश्चात हामीले दावी पेस गर्ने हो, नयाँ मुख्यमन्त्रीका लागी देउवाले दावी पेस गर्ने सम्भावना बढी छ ।”
केन्द्रिय नेताहरुको निर्देशनमा प्रकाश देउवा मुख्यमन्त्री बन्ने सम्भावना निकै बढेको नेताहरुले बताएका छन् । काठमाण्डौँमै रहेका देउवा निकट एक नेताले निर्णय नभएपनि देउवालाई मुख्यमन्त्री बनाउन धेरै नेता सकमत भएको बताए । अब शुक्रबार बिहान सुदुरपश्चिम प्रदेशसभा ससंदिय दलको बैठक बस्ने छ उनले भने “देउवालाई मुख्यमन्त्रीमा अगाडी सारे उहाँनै दलको नेता बन्नुहुन्छ होला, सबै निर्णय ससंदिय दलले गरेपछि थाहा हुन्छ, अहिलेलाई कुनै आधिकारिक निर्णय हुन सकेको छैन ।”
नेपाली काग्रेंसका सभापति शेर बहादुर देउवाका भतिजा समेत रहेका प्रकाश देउवा पुर्व भौतिक पुर्वाधार बिकास मन्त्री समेत हुन् । देउवालाई मुख्यमन्त्री बनाउन धनगढीका जनप्रतिनिधी, कार्यक्रताहरु दुई सातादेखी देउवा निवास बुढानिलकण्ठ केन्द्रित छन् । सुदूरपश्चिममा नेपाली काँग्रेसबाट १८ जना प्रदेश सभा सदस्यहरू रहेका छन् । एमालेका ११ जना प्रदेश सभा सदस्यहरू छन् । सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ । काँग्रेस र एमालेसँग मात्र २९ जना प्रदेश सभा सदस्यहरू छन्। नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्यहरू छन् । नागरिक उन्मुक्तिले सरकारमा जाने निर्णय नगरेपनि हाल काग्रेंस र एमालेकै कित्तामा उभिएको छ ।