धनगढी । आज बिहानको मापन अनुसार कोशी, कर्णाली, नारायणी, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ ।
काठमाडौँ उपत्यकाको बाग्मती नदी र यसका सहायक नदीहरुको बहाव अधिकांसमा सतर्कता तह आसपास र केहीमा खतरा तह आसपास रहेको छ ।
आज काठमाडौँ, ललितपुर, भक्तपुर, रुपन्देही, अर्घाखाँची, स्याङजा, गुल्मी, कपिलवस्तु, दैलेख, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स(साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
साथै ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, नुवाकोट, मकवानपुर, सिन्धुली, चितवन, कास्की, पर्वत, दाङ, बाँके, बर्दिया, अछाम, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश स(साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।