धनगढी : प्रहरीले सोमबार कैलाली र कञ्चनपुरका छुट्टाछुटै स्थानबाट साढे ५ लाख बढीको अवैध सामान बरामद गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका – ११ चौकीसत्ता, भीमदत्त नगरपालिका – ६ ऐठपुर, पुनर्वास नगरपालिका –६ कान्तीलामा चोकबाट भारतबाट भंसार छली गरि ल्याइको ३ लाख ५९ हजार ४५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ । जसमा मोजा, अण्डरवेयर,साईकलको ट्युव, ब्रोईलर कुखुरा, बिउ–बिजन, प्लाष्टिक, चिनि, चियापत्ति, बिडि, सलाइ, बिषादी, घासको बिउ, खाने तेल, नमकिन लगायतका सामान रहेको प्रहरीले जनाएको छ ।
यस्तै सोमबार नै धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराहा, धनगढी उपमहानगरपालिका – ५ एकसिस स्कुल नजिक, धनगढी उपमहानगरपालिका – १२ बटौरीघाट, गोदावरी नगरपालिका – १ धनगढि रोड स्थित बिधुत कार्यालय नजिक र कैलारी गाउँपालिका – ४ हनुमान मन्दिर नजिकबाट भारतबाट भन्सार छली गरि ल्याएको कुर्ता–सुरवाल कपडा, चिनि, प्याज, डिस्पोजेवल गिलास, सलाई, डेरिमिल्क, सेतो पेडा, सुर्ती, कुर्ति, पास्ता, सरप लगायतका २ लाख १३ हजार ५९० रुपैया बराबरको अवैध सामान बेवारीसे अवस्थामा बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।