धनगढी । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले परिचय पत्र नम्बर नभए पनि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नु भन्ने सूचना जारी गरे पनि विभागको दर्ता प्रणालीमा परिचय पत्र नराखी नवीकरण नहुने भएको छ ।
विभागले साउन ७ गते एक सूचना जारी गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नेपाली नागरिकलाई वर्षाको समयमा राष्ट्रिय परिचयपत्र बनाउन असम्भव भएकाले भत्ता पाउने प्रयोजनका लागि हाललाई अनिवार्य नगर्ने भनिसकेको छ । अहिले पालिकाहरूले भत्ता नवीकरण शिविर चलाइरहेका छन् विभागको प्रणालीमा नवीकरण नभएपछि ज्येष्ठ परिचयपत्र बनाउन प्रशासन कार्यालयमा आउनेको नागरिकहरूको भिड घटेको छैन ।
इलाका प्रशासन कार्यालय टीकापुरको राष्ट्रिय परिचय पत्र शाखाका प्रमुख राजन रेग्मीका अनुसार परिचय पत्रका लागि फोटो खिचाउन दैनिक ३०० जना बोलाउने गरिएको र साउन १३ गते आएका सेवाग्राहीलाई भदौ २६ गतेसम्मका लागि पालो दिइएको छ ।
ूविभागले सूचनामा त्यसो भनेता पनि दर्ता प्रणालीमा भने राष्ट्रिय परिचय पत्र नम्बर नराखेसम्म सामाजिक सुरक्षा भत्ता नवीकरणको प्रक्रिया अघि बढ्दैन,ू टीकापुर नगरपालिकाको पञ्चिकरण शाखा प्रमुख चेतबहादुर बोहोराले बताए । बालबालिका, अपाङ्गता भएका र ९० वर्ष माथिका ज्येष्ठ नागरिककहरुको भने परिचय पत्र नम्बर नहुँदा पनि नवीकरण भइरहेको छ । बिचैमा सिस्टम खुलेका भर्दै जाने र नखुले शिविरहरू सकिएपछि कार्यालयमै बोलाएर भत्ता नवीकरण गरिने बोहोरा बताए ।
परिचय पत्र नम्बर नचाहिने थाहा पाएर सेवाग्राही आइरहेका छन् । जानकी गाउँपालिका–८ का वडाध्यक्ष तीर्थराज उपाध्याय अहिले नम्बर भएकाको मात्रै हुन्छ यो सकिएपछि विभागको साइटमा नवीकरण खुलेपछि वा वडाले सूचना गरेपछि आउनु भनेर फर्काउने गरेको बताउनुहुन्छ भने जानकी–९ का कार्यवाहक वडाध्यक्ष कल्पना खडका सरकारले नवीकरण गर्नु भन्छ यताबाट किन हुँदैन भनी केही सेवाग्राही झर्किने गरेको बताए ।
परिचय पत्र बनाउन नागरिकता चाहिने र पुराना झुत्रा नागरिकताहरूको प्रतिलिपि लिनुपर्ने भएकाले नागरिकता लिनेको पनि भिड छ ।