धनगढी । भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलेको छ । ढोकाको सिल्ट सफाईको लागि शनिबार विहान ८ः१५ मा बाधको ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीले आइतबार सम्म महाकाली नदीको जलस्तर बढ्ने सम्भावना भएकाले पुर्व सतर्कता अपनाउन आग्रह गरेको छ । बाधको ढोका खोलेपछि जारी गरिएको सूचनामा भारतीय पक्षबाट ढोका खोलेको विषयमा मौखिक जानकारी आएको उल्लेख गरिएको छ ।