धनगढी । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्रीको नाम सिफारिस गरेकी छिन्। उनले शुक्रवार प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै आफ्नो पार्टीको तर्फबाट राज्यमन्त्रीमा सांसद अरुणकुमार चौधरीको नाम सिफारिस गरेकी हुन्।
ओलीले चौधरीलाई राज्यमन्त्री बनाउने या नबनाउने भने निश्चित भइसकेको छैन। प्रतिनिधिसभामा ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो। केही समय अघिसम्म रन्जिता निकट रहेका अरुण अहिले रेशम निकट भएका छन् । उनले क्याम्प फेरेपछि संसदीय दलको नेतामा पनि रेशम निकटका गङ्गा चौधरी चुनिए । अहिले रन्जिताले नै उनलाई राज्यमन्त्रीमा सिफारिस गरेकी हुन् ।