धनगढी :कञ्चनपुरको गड्डाचौकी नाकामा नेपाली शुरक्षाकर्मीले ठाउँ ठाउँमा गर्ने चेकिङले निकै सास्ती हुने भएपछि पर्यटक घटेका छन् । चेकिङका नाममा अनावश्यक दुख दिन थालिएकै कारण पर्यटकको संख्या घटेको भन्दै ब्यवसायीहरुले आपत्ति जनाएका छन् । नेपाल उधोग बाणिज्य महासघंका केन्द्रिय सदस्य जगं बहादुर मल्लले अनावश्यक चेकिङ बन्द गरिनुपर्नेमा जोड दिएका छन् । अबैध समानकै लागी चेकजाँच गर्नुपर्ने भए एक ठाउँबाटै अनुसन्धान गर्न सकिने उनको तर्क छ । गड्डाचौकी नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७,८ ठाउँमा चेकिङ गर्ने भएकै कारण पर्यटकहरुको संख्या घटेको उनि बताउँछन् ।
पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरीले अनावश्यक चेकजाँचका नाममा नाकामा दुख दिन थालेको भन्दै केन्द्रिय सदस्य मल्लले नवनियुक्त गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाटै निर्वाचित गृहमन्त्री लेखकलाई नाकामा चेकजाँचका नाममा अनावश्यक दुख दिने काम बन्द गर्न उनले आग्रह गरेका छन् । यस्तै अनावश्यक चेकजाँचका कारण भारतिय पर्यटकको संख्या निकै घटेको भन्दै नेपालको अर्थतन्त्र सुधारका लागी सिमामा गरिने अनावश्यक चेकजाँच र दुर्ब्यवहार रोक्न उनले लेखकको ध्यानाकर्षण गराएका हुन् । मल्लले नव नियुक्त गृहमन्त्रीलाई बधाई दिदै कञ्चनपुर जिल्ला गृहमन्त्रीकै गृह जिल्ला भएका कारणपनि अली ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बिच प्रतिस्प्रधा चलेकै कारण अनावश्यक चेकजाच बढेको उनले बताए । त्यसको मारमा नेपाल घुम्न आउने भारतिय पर्यटक परेको उनि बताउँछन् ।
मल्लले गडचौकी सिमानाका भौगोलीक विकटताको हिसाबले पिछडिएको नाका भएको बताए । गत विगतका दिनहरुमा सशस्त्र पहरी,नेपाल प्रहरी, र भन्सार कर्मचारीले ब्यारियलमा सयुक्त रुपमा डियुटी गरेका थिए तर पछिल्लो समय प्रहरी, सशस्त्र प्रहरी, र भन्सार कर्मचारीको अंश बन्डा नमिलेपछि सशस्त्र प्रहरीका सात र नेपाल प्रहरीका चार भई गड्डाचौकी देखि महेन्द्रनगर बजार सम्म ५ किलोमिटरको दुरीमा दश देखि एघार ठाँउका चेकजाँच गर्ने गरिएको मल्लको दावी छ । पश्चिमी सिमानाका गडचौकी छिमेकी देश भारतको उत्तराखन्डसंग निकै नजिक भएका कारण भारतको जुनसुकै स्थानबाट आउने पर्यटकहरुलाई यो सजिलो पर्छ ।
तर पछिल्लो समय पचास/पचास मिटरको दुरीमा चेकिङ्गका नाममा त्रास फैलाइदा आन्तरिक तथा बाह्रय पर्यटक भित्रिन नपाएको मल्लले बताए । सोही कारण यहाँको पर्यटन ब्यवशाय धरायसी बन्दै गएको मल्लले बताए । मल्लले गृहमन्त्री लेखकलाई गड्डाचौकी नाकामै आएर अनुगमन गरिदिन आग्रह गरेका छन् ।