काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले परराष्ट्रमन्त्री डा।आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका छन् । चिनियाँ राजदूत सोङ्ग र परराष्ट्रमन्त्री राणाबीच बुधवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।
शिष्टाचार भेटमा चिनियाँ राजदूत सोङ्गले परराष्ट्र मन्त्री नियुक्त हुनुभएकोमा राणालाई बधाई दिनुका साथै कार्यकालको सफलताको शुभकामना दिए ।
परराष्ट्र मन्त्रालयले शिष्टाचार भेटमा परराष्ट्र मन्त्री राणा र चिनियाँ राजदूत सोङ्गका बीचमा नेपाल–चीन सम्बन्ध र सहयोगका विषयमा छलफल भएको जनाएको छ । सोमबार परराष्ट्र मन्त्री नियुक्त भएकी डा।राणासंग शिष्टाचार भेट गर्ने चिनियाँ राजदूत सोङ्ग दोस्रो राजदूत हुन् ।