धनगढी । देशभर सामान्यतः बदली भएको छ । कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो भने अधिकांश प्रदेशका केही स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ । राती पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।
बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने विभागको अनुमान छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव ६ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । काठमाडौंमा पछिल्लो २४ घण्टामा २५ दशमलव ८ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै दिपायलमा ४८ मिलिमिटर वर्षा भएको विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।