धनगढी । देशका ७७ मध्ये ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार ७१ जिल्लामा डेंगु फैलिएको हो । कैलाली पनि डेंगुको उच्च जोखिमा देखिएको छ । ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि देशभर जुन ९ गतेसम्म १ हजार १ सय ३० जनामा डेंगु पुष्टि भएको छ ।
कैलालीमा डेङ्गुका बिरामी बढ्दै गए पनि डेंगु नियन्त्रणको अभियान सञ्चालन गरिएको छैन् । जिल्ला स्वास्थ्य कार्यालय कैलालीले आसिंक रुपमा नियन्त्रण बिरुद्धको अभियान सञ्चालन गरेको भए पनी खासै ध्यान नदिएको पाईएको छ ।
डेंगुका बिरामी देखिएको ठाँउमा मात्र अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुुख मीन धामीले बताए । अहिले डेंगु माहामारीका रुपमा देखा नपरेका कारण नियन्त्रण बिरुद्धको अभियान ध्यान दिन नसकेको उनले बताए । उनले भने “कहिले काहीँ मात्र बिरामी देखिने गरेका छन् । अहिले बिरामी देखिएको ठाँउमा मात्र अभियान सञ्चालन गरेका छौ । तिन महिनाको अवधिमा २५ जनामा मात्र सङ्क्रमित भेटिएका छन् ”
लामखुट्टेको वासस्थान रहन सक्ने गाडीका पुराना टायर, ड्रम, गमला, खाल्टाखुल्टी, नालीमा जमेको पानी सरसफाइ गर्नाले रोगको जोखिम न्यूनीकरण हुने प्रमुुख धामीले बताए । उनले भने “लामखुुट्टेले पानी जमेको ठाउँमा लार्भा पार्ने गर्दछ, जसका कारण लामखुुट्टेको सङ्ख्यामा वृद्धि हुन्छ र जोखिम बढ्छ, त्यस्तै ठाउँको पहिचान गरी सरसफाइ गर्दा रोगको जोखिम घट्छ ,असोज र कात्तिकमा लामखुट्टेले पानी जमेको ठाउँमा लार्भा छाड्ने गर्दछ । ”
मनसुन सुरु भएसँँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाको भनाइ छ । मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ ।
अहिले अस्पतालमा डेंगुका बिरामी चाप नभए पनी पुर्व तयारी गरिरहेको सेती अस्पतालका सुचना अधिकारी किशोर श्रेष्ठले बताए । घर, पसल, सार्वजनिक स्थान र छरछिमेकमा लामखुट्टेका लाभा नष्ट गर्ने, झुलको प्रयोग गर्ने, पानी जम्न नदिने, जमेको पानी घोप्ट्याउने, निकासी गर्ने, लार्भा खोज्ने र नष्ट गर्न उनले सुुझाव दिए ।