काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गर्दै काम नगर्ने छुट नभएको बताएका छन् । सोमबार मन्त्री भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पदभार ग्रहण गर्दै आफूलाई काम नगर्ने छुट नभएको बताएका हुन् । मन्त्री भण्डारी तेस्रो पटक उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भएका हुन् । यसअघि गत फागुनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दोहोरिएका भण्डारी पुुन सोही मन्त्रालयमा तेस्रोपटक मन्त्री भएका हुन् ।
मन्त्री भण्डारीले भने, ‘अब काम नगर्ने छुट छैन् । काम गर्नैपर्ने बाध्यता छ । मलाई फेरि उद्योग मन्त्रालयको जिम्मेवारी दिनुको कारण छ । मैले यस मन्त्रालयको महत्त्व र जिम्मेवारी बुझेको छु । त्यसैले मेरो पार्टीले मलाई पुन यस मन्त्रालयको जिम्मेवारी सुम्पिएको हो । यस मन्त्रालयकोटीमसँग विगतमा काम गर्ने निकै सहज भएको थियो । र अब पनि यस टीमले मलाई बुझेको छ ।’