धनगढी : बैतडीबाट निर्वाचित सांसद दामोदर भण्डारी चौथो पटक मन्त्री बन्ने भएका छन् । सचिवालय स्रोतका अनुसार भण्डारी उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री बन्न लागेका हुन् । भण्डारी यसअघि उद्योग मन्त्री भइसकेका छन् । बैतडीबाट तेश्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भण्डारीले मन्त्री पाउने पक्का भएका हुन् ।
नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये उद्योग र भूमिमा पुरानै मन्त्री दोहोरिनेछन् ।