धनगढी : नेपाली काग्रेंस सुदुरपश्चिम प्रदेशसभा ससंदिय दलका नेता कमल शहादुर शाहले बिचौलिया केन्द्रित बजेट आएको दावी गर्दै अहिलेनै खुशी नमनाउन भन्दै ब्यंग्य गरेका छन् । शनिबार प्रदेशसभा सचिवालयमै नयाँ गठबन्धनका नेताहरुले गरेको पत्रकार सम्मेलनमा बोल्दै निबर्तमान मुख्यमन्त्री समेत रहेका शाहले यो बजेट पास नहुने भएका कारण योजना पर्दैमा खुशी नहुन आग्रह गरेका हुन् । कसैका ब्यक्तीगत बजेट परेको भए धेरै खुशी नहुन उनले आग्रह गरेका छन् । साथहिरु कसैको योजना परेका होलान ढुक्क हुनु यो बजेट यस्तै पास हुँदैन उनले भने “यो बजेटमा भएका राम्रा योजना समेट्छौँ, नराम्रा ससोंधन हुन्छन्, बिचौलियाका योजना रहन्नन्, पिडिएफ बाहिरिएको बिषय छानबिन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।”
शाहले यो सरकारले ल्याएको बजेट जस्ताको त्यस्तै पास नहुने बताए । तपाइहरु सबैले थाहा पाउनुभाछ बजेटको पिडिएफ बिचौलियाबाट बाहिरिएको उनले भने “बजेट ठिक छैन भन्ने प्रस्ट भएको छ, यो बजेट मुख्यमन्त्री सोडारीकै इन्टेस्टमा आएको छ, आर्थिक मामिला मन्त्री दुई दिन अघी मात्रै मन्त्रालय सम्हाल्न पुगेका थिए, त्यस कारण बजेट आउनु र पिडिएफ बाहिरिनुमा तत्कालिन मन्त्री शुरेन्द्र पाल दोशी छैनन्, यसको जिम्मेपारी मुख्यमन्त्रीलेनै लिनुपर्छ ।”
सदन बन्द गरेर अध्यादेश मार्फत बजेट पारित गर्ने बाटो खोज्नुभन्दा राजीनामा दिएर नयाँ सरकार गठन गर्न मार्गप्रशस्त गर्नुपर्ने नागरिक उनले बताए । उनले अध्यादेश ल्याएर बजेट पास गर्ने चलखेल गर्ननहुने बताए । नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसकेका छन् । बजेटमा छलफल र पास गर्न समेत नसक्ने सरकारले राजीनामा दिनुपर्ने नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बताए । ‘बजेट पारित हुने अवस्था छैन, संसदमा छलफल पनि भएको छैन तर बजेट पारित गर्न चलखेल गर्न थालिएको छ।’ उनले भने, ‘जबरजस्ती ढङ्गले बजेट पास गराउने, बजेट कार्यान्वयन गर्नतिर सरकार जाँदै छ । हामी छिटोभन्दा छिटो मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गर्दछौँ ।’
पत्रकार सम्मेलनमा नयाँ गठबन्धनका नेताहरुले मुख्यमन्त्री दीर्घ सोडारीले राजिनामा दिएर नयाँ सरकार गठनका लागी मार्ग प्रसस्त गर्नुपर्नेमा जोड दिएका छन् । अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले नैतिकताका आधारमा राजिनामा गर्न उचित हुने उनिहरुको भनाई थियो ।