कैलाली :कैलालीमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । शुक्रबार टीकापुर नगरपालिका–१ विशालनगर बस्ने ६३ वर्षीय डम्बर टमटा मृत भेटिएका हुन् । बाटोमा एक्कासी ढलेर बेहोस भएका टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले बताए ।
यस्तै, घोडाघोडी नगरपालिका–१ बेलारका ६० वर्षीय मानबहादुर धामी पनि मृत फेला परेका छन् । उनी घोडाघोडीकै सितानगरको डोडा नदीको बीच भागमा अड्किएको अवस्थामा मृत फेला परेका डीएसपी बोहोराले बताए । बुधबार साँझ आफन्तको घर जान्छु भनी हिंडेका धामी सोही दिनदेखि बेपत्ता थिए ।