धनगढी : डडेल्धुरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ओभर टाइम काम गरे वाफतको पुरा रकम पाउन सकेका छैनन् । असारको अन्तमा आएर अस्पताल प्रशासनले ओभरटाइम काम गरेको ५० प्रतिशत मात्रै रकम स्वास्थ्यकर्मीको खातामा हालेको हो । विदाको दिन, राती, बिपद लगायतका समयमा ओभर टाइम काम गरे वाफत खाइपाई रहेको पारिश्रमिक बराबरनै थप रकम दिने गरी सम्झौता भएपनि अस्पताल प्रशासनले सम्झौता बिपरित ५० प्रतिशत मात्रै रकम खातामा हालेको एक स्वासथ्यकर्मीले बताए ।
हामीसगं पारिश्रमिक सरहनै ओभरटाइम काम गरे वाफत रकम दिने सम्झौता भएको थियो ति स्वासथ्यकर्मीले भने “असारको अन्तिममा पुग्दा बल्ल ५० प्रतिशत रकम खातामा आएको छ, पुरै रकम किन आएन भनेर हामीले जानकारी पाएका छैनौँ, हामीले रात दिन, भोक, निद्रा नभनी ओभर टाइम काम गरेका हौँ, केही रकम आउने आशमै बढी काम गरेका थियौँ तर आज आएर ५० प्रतिशत मात्रै रकम आउँदा दुखी छौँ ।” सम्झौता अनुसार पुरा रकम नआएपछि बुझ्न लेखा अधिकृतकहाँ जादाँ भेट्न समेत नदियएको ति स्वास्थ्यकर्मीले बताए । हामी बुझ्नका लागी लेखा साखामा जाँदै थियौँ तर ढोकामा चुकुल लगाइयो उनले भने “हामीले काम गरेको ज्यालापनि नपाउने अनी बुझ्न जाँदा ढोका बन्द हुने कुन खालको शासन हो बुझ्न सकेका छैनौँ, सम्झौता अनुसारको हाम्रो रकम नआए हामी अदालत जान बाध्य हुनेछौँ ।”
अस्पतालले चिकित्सक बाहेक बिभिन्न वार्डहरुमा कार्यरत करिब १ सय ५० जना स्वास्थ्यकर्मीको आधा रकम नदिएको उनिहरु बताउँछन् । काम गरेको ज्याला समेत नपाउँदा स्वास्थ्यकर्मीहरु प्रशासन देखी रुस्ट छन् । यस बारे अस्पताल प्रशासनमा बुझ्न सुचना अधिकारी डा.आसिश अधिकारीलाई सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।