धनगढी । कञ्चनपुरमा बाढीमा परेर तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण पानी घरभित्र पस्दा कृष्णपुर नगरपालिका–१ मोतिपुरका ७ महिने बालकसहित पुनर्वास नगरपालिका–५ ‘ग’ गाउँमा रहेको रातोफाले खल्लामा डुबेर १५ वर्षीया लक्ष्मी बोगटी र १५ वर्षीया सृजना बोगटीको मृत्यु भएको हो ।
आज बिहान रातोफाले खल्लामा डुबेर लक्ष्मी र सृजना बेपत्ता भएका थिए । उनीहरुसँगै १६ वर्षीया आरती बोगटी पनि बेपत्ता भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले लक्ष्मी र सृजनाको शव फेला परेको र आरती अझै बेपत्ता रहेको बताए ।
त्यसैगरी आइतबार बेलडाँडी गाउँपालिका(३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदी तर्ने क्रममा बेपत्ता भएका थिए । बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।