बेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी स्थिति चौधर नदीमा आएको बाढीले नहर फुटाएको छ । बेलडाँडी गाउँपालिका – ५ स्थित गणेश मावि भुर्सा नजिकै चौधर नदीमा आएको बाढीले शिवनगरमा मेन नहर फुटेको हो । नहर फुटेपछि चौधर नदीको पानी बस्तिमा पसिसकेको महाकाली सिचाइ जल उपभोक्ता समितीका केन्द्रिय अध्यक्ष भीम बहादुर थापाले बताए ।
अध्यक्ष थापाका अनुसार ईमिलिया, झिलमिला, बैवाह, चवन्नी , खौरिघाट र बेलौरी नगरपालिका भुडा, शिवनगर, सडाघाटका गाउँ डुबानको जोखिममा छन । थापाका अनुसार २०६५ सालमा बेलडाँडीमा चौधर नदी बस्तीमा पस्दा ठूलो क्षती पुगेको थियो ।