डोटीः अविरल वर्षाका कारण कर्णाली बेसिन अन्तर्गत डोटीको ठूली गाड नदीमा पानीको उच्च बहावले खतराको तह पार गरेको छ। जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाका अनुसार आइतबार बिहान ठूली गाढ नदीमा बाढीले खतराको तह पार गरेको हो। साढे ५ मिटरसम्म पानीको सतह बढ्दा खतराको तह हुनेमा आइतबार बिहान ११ बजेको समयमा ८ दशमलव ७६ मिटर जलसतह बढेको हो।
यस्तै डडेल्धुरामा महाकाली नदीले खतराको तह पार गरेको छ। बिहान ११ बजेसम्मको आँकडा अनुसार कञ्चनपुर र कैलाली लगायत जिल्लामा अत्यधिक मात्रामा बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।