धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले दिएको समर्थन फिर्ता लिइएको छ । नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमालेबाट सरकारमा सहभागी तिन मन्त्रीहरुले राजिनामा दिदै सरकारको समर्थन समेत फिर्ता लिएको हो । अल्पमतमा परेका मुख्यमन्त्री सोडारीलाई एमाले सगैं काग्रेंसलेपनि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।
नेकपा एमालेबाट सुदुरपश्चिम सरकारमा सहभागी आर्थिक मामिला मन्त्री शुरेन्द्र पाल, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा शार्की र बन वातावरण तथा सहकारी मन्त्री बिर बहादुर थापाले मुख्यमन्त्री कार्यालयमा राजिनामा बुझाएका हुन् । मुख्यमन्त्री काठमाण्डौँमै भएका कारण मुख्यमन्त्री कार्यालयमा राजिनामा बुझाएको एमालेले समर्थन समेत फिर्ता गरेको हो । एमालेले मुख्यमन्त्रीको सचिवालयमा समर्थन फिर्ताको पत्र दर्ता गराउनुका सार्थ दलका नेता राजेन्द्र सिहं रावलले फोन मार्फत मुख्यमन्त्री सोडारीलाई जानकारी समेत गराएका हुन् । रावलले सोडारी सरकार अल्पमतमा परिसकेका कारण राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् ।
एमाले ससंदिय दलका नेता राजेन्द्र सिहं रावलले मुख्यमन्त्रीको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपारिषद को कार्यालयमा समर्थत फिर्ता लिएको पत्र दर्ता गरेको बताए। मुख्यमन्त्री सोडारी धनगढीमा नभएकाले फोनमार्फत जानकारी गराइएको उनले बताए । उनले भने, ‘हामीले मुख्यमन्त्री ज्यूलाई दिएको समर्थत फिर्ता लिएका छौ। आजका मितिबाट लागु हुने गरेर पत्र पठाएका हो। मुख्यमन्त्री कार्यालय र सचिवालयमा दर्ता भएको छ। मुख्यमन्त्री ज्यूलाई फोनबाट जानकारी गराएका छौ ।’ एमालेबाट सरकारमा गत जेठ २८ गते सहभागी भएका आर्थिक मामिला मन्त्री शुरेन्द्र पालले १ गते प्रदेशसभामा बजेट प्रस्तुत गरेका थिए । सरकारको समर्थन फिर्ता लिए सगैं अब बजेट समेत पास हुने छैन । एमालेबाटै सरकारमा सहभागी भएका पालले अब बजेट पास नहुने बताए । सरकार परिवर्तन सगैं नयाँ बजेट आउने उनले बताए ।
सत्तारुढ ठुलो दल एमालेले प्रदेश सरकारको समर्थन फिर्ता लिए सगैं अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ सोडारीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने काग्रेंसको जोड छ । दुई ठुला दल मिलिसक्दा मुख्यमन्त्री सोडारीले मार्ग प्रशस्त गर्नुपर्ने काग्रेंसका प्रमुख सचेतक बिक्रम धामीको सुझाव छ । केन्द्रिय नेताहरुकै सल्लाहमा काग्रेंसले आफ्नै नेतृत्वमा सुदुरपश्चिम सरकार गठन गर्ने तयारी शुरु गरेको उनले बताए ।
नेकपा एकिकृत समाजवादीको तर्फबाट सुदुरपश्चिमको मुख्यमन्त्री बनेका दीर्घ सोडारी पार्टी महादिवेशनका लागी काठमाण्डौँमै केन्द्रित छन् । उनि काठमाण्डौँमै हुँदा अल्पमतमा परिसकेका छन् । अब मुख्यमन्त्री सोडारीले ससंद फेस गर्ने वा राजिनामा दिने यकिन गरेका छैनन् ।