धनगढी : प्रहरीले मंगलबार कैलाली कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, कञ्चनपुरका भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकाबाट भन्सार छलिका सामान बरामद गरिएको हो । कैलालीबाट ५३ हजार २ सय र कञ्चनपुरबाट १ लाख ७३ हजार ९९० बराबरको सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रहरीका अनुसार कैलालीबाट प्याज, सुर्ती, सुपारी, पान मसला, पानको पात, फगलाईट हाउजिङ, कारको वाटर पम्प, कारको, कारको डोर ग्लास, बल्ब र कञ्चनपुरबाट चिनी, मिश्री, खाने तेल, चप्पल, पेन्ट, थान कपडा, हार्डवेयरका सामान, किरानाका सामान, बच्चाको फराक, बच्चाको हुट, लेडिज गम्छा, चप्पल लगायतका सामानहरु बरामद गरिएको छ ।