बैतडी–बैतडीमा एक घरको गोठमा आगलागी भएको छ । जिल्लाको सुर्नया गाउँपालिका –३ डुङरीका हिक्मत ऐरीको ढुंगा, माटो र काठले बनेको दुईतले घरको गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
सोमबार राति विद्युतको तार सर्ट भई गोठमा आगलागी हुँदा ऐरीले पालेको एक खसी मरेको छ भने आगलागीका कारण काठ, खर लगायतका सामग्रीहरु जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय क्षति नभएपनि १ लाख २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।