धनगढीः कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका–३ चिसापनीबाट सोही ठाउँकी ३१ वर्षीया दिपा बिष्ट (साउँद) पक्राउ परेकी हुन्। दिपाको साथबाट ९ सय मिलिग्राम लागूऔषध (खैरो हेरोईन) बरामद गरि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।
यस्तै धनगढी उपमहानगरपालिका-१ अस्पताल लाईनबाट सोही ठाउँ वस्ने २४ वर्षीय पवन गुप्ता पक्राउ परेका छन्। गुप्ताको साथबाट ६६० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) बरामद गरि पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ।