काठमाण्डौँ : नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने चर्चामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारलाई ठट्टामिश्रित जवाफ दिएका छन् । सोमबार अपराह्न संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले यस वर्ष प्रधानमन्त्री बन्ने जस्तो नलागेको बताएका हुन् ।
‘अध्यक्षज्यू, तपाईं प्रधानमन्त्री बन्ने चर्चा छ, कहिले हो शपथ लिने रु’ पत्रकारको प्रश्नमा ओलीले मुस्कानयुक्त जवाफ फर्काए, ‘यसवर्ष त त्यस्तो लाग्दैन मलाई !’ गाडीमा चढ्दै गर्दा ओलीलाई पत्रकारले फेरि सोधे, ‘देश र जनताले तपाईंलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहन्छन् नि १’ ओलीले जवाफ फर्काए, ‘राम्रो कुरा हो ।’
नयाँ सत्ता समीकरणको चर्चालाई पुष्टि गर्ने गरी ओलीले मुस्कानसहित ठट्टा व्यक्त गरेका हुन् । यसअघि पत्रकारको प्रश्नमा ओलीले यो गठबन्धन निर्वाचनसम्म नै जाने बताएका थिए । कांग्रेस र एमालेबीच संविधान संशोधनलगायत एजेन्डमा सहमति गरेर नयाँ सरकार बनाउने गृहकार्य चलिरहेको छ । यता आफ्नो सत्ता जोगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कोशिश गरिरहेका छन् ।