चालक भन्ने बित्तिकै तपाइको मनमा के लाग्छ एक छिन सोचौ त । सार्बजनिक सवारी चलाउने चालक एम्बुलेन्स सव बाहन खाद्यान्न बोक्ने ट्रक चालक, निर्माण सामग्री बोक्ने चालक, ग्यास बोक्ने, तेल बोक्ने, फोहोर बोक्ने, कृषी कार्य मा चालाउने चालक का आ आफ्नै कामहरू छ्न । तर यी यावत कामहारु गर्ने चालक को इज्जत नत सरकार ले गरेको छ नत जनताले । अब कुरा गरौ सार्बजनिक सवारी चलाउने चालक बाट रात नभनी दिन नभनी देश को एउटा कुना बाट देश को अन्तिम कुना सम्म यात्रुबाहक बस चलाउने चालकको दुख मनन गरौँ ।महाकाली बाट मेची का लागी छुट्ने बस आज को १० बजे गन्तब्य बाट छुट्यो भने अर्को दिन बेलुका अन्तिम गन्तव्य मा पुग्छ । त्यस्तै दार्चुला बाजुरा बझाङ बाट राजधानिका लागि छुट्ने गाडी बिहान ७ बजे हिन्यो भने अर्को दिन २/३ बजे राजधानी पुग्छ्न भने सोच्नुस त न त रातिको निन्द्रा छ न भोक छ प्राय चालकले त पेट भरी खाना खादैनन किन कि खाना बढी खायो भने निन्द्रा बढी लाग्छ ।
३५र४० जनाको ज्यान हातमा लिएर गाडी चलाउने चालक लाई रातभरी गाडी चलाउदा बाकी यात्रु मस्त निन्द्रा मा हुन्छ्न सबै यात्रु ले बिस्वास मान्छ्न तर गन्तव्य मा पुगे पछि प्राय धन्यवाद भनेर समेत दिदैनन उल्टो बाटो का कारण अलि ढिलो गाडी पुग्यो भने यो चालक ले ढिलो पुर्यायो भनेर गुनासो गर्छ्न ।बाटो मा हुने अन्य झमेला त कति हुन कति कतै ट्राफिक ले कतै नगरपालिका बाटो मा भएका बसपार्क का समस्या मा प से गरि सवारी चलाउने बढी जसो मोटरसाइकल । कुनै यात्रु को समान आफ्नै हातमा भएको ब्याग हराउदा समेत चालक सहचालक लाई दोश देखाउने काम यात्रु बाट हुन्छ । यस्ता कयौं घटना छन् यात्रु को समान आफ्नै हातमा भएको मोबाइल समेत हराउदा प्रहरी कहाँ गएर उजुरी दिने चलन छ । उजुरी पश्चात् प्रहरिले चालक सहचालक लाई नियन्त्रण मा लिन्छ हामी यस्तो देशको नागरिक भएर काम गर्नु पर्ने अबस्था मा छौँ यो अबस्था कहिले सम्म सरकार ?
कुनै पनि चालकले सकभर किरा कमिला लाई त बचाउने प्रयास गर्छ भने जानी जानी गल्ती गर्दैनन कुनै कारण दुर्घटना हुनु पुग्यो भन अर्कै को कारण बाट पनि सडक दुर्घटना भयो भने सत्य तथ्य नबुझी चालक लाई आगो समेत लगाएको ढुङ्गा लाठि हानेर मारेका कयौ घटना हरु छ्न् ।ठुलो अपराध गरे जस्तै चालक लाई हतकडि नै लगाउछ्न् र तिनै जो अन्य अपराधी कैदी सङ्गै बस्न लगाउछ्न । यातायात ब्यवस्था ऐन संसोधन का लागि कति पटक भन्दा पनि सरकार कान मा तेल हालेर बसेका हुन्छ्न, जो अहिले डाक्टर इन्जिनियर नेता भए सबै लाई बिधालय ल्याउने लग्ने काम यिनै चालक ले गरेका हुन ।
कोरोना महामारी को बेलामा खाध्यान्न बोक्ने देखि लिएर पेट्रोल ढुवानी सम्म कोरोना मा बिरामी परेका मान्छेलाइ आफ्नो ज्यान धराप मा राखी अस्पताल लग्ने देखि लिएर मरेका मान्छे लाई घाट सम्म पुर्याउने काम यातायात मजदुरलेनै गरे । कोरोनाको बेला मा त्यस्ता चालक सहचालक लाई गाउमा बस्न दिएनन पानी समेत खान दिएनन ए यो त कोरोना को मान्छेलाइ बोकेर आएको मान्छे हो यो बाट टाढा बसौ भन्ने सम्म गरे । एम्बुलेन्स ले बिरामी बोक्दा त्यस्तै जोखिम छ् गाडी को गति तिब्र गर्नु उनिहरुको बाध्यता छ । सव बाहन चलाउने चालक को पनि त्यहि छ । धनगढी उपमहानगर पालिका मा मेयर गोपि हमाल को निशुल्क महा प्रस्थान यान का चालक को पनि बिहान देखि बेलुका सम्म मृत्यु शव लाई मसानघाट सम्म पुर्याउने दैनिकी उनको छ।
त्यस्तै दमकल चालक को पनि अबस्था त्यस्तै हुन्छ २४ घन्टा सम्म कतै आगलागी भयो भने खाना खादै गरेको भए पनि छोडेर जान पर्ने अबस्था छ प्रत्येक काम गर्ने श्रमिक लाई बिदा दिएको हुन्छ तर चालक को बिदा कहिले पनि हुदैन नारामा मात्र सिमित भयो श्रमको सम्मान मर्यादित काम भनेर लागू गर्ने कस्ले ?