काठमाडौं । टी २० विश्वकपअन्तर्गत सुपर आठको समूह ‘एक’को अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
बंगलादेश पराजित भएसँगै अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरियो। अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा पुगेको हो। अब फाइनल प्रवेशका लागि अफगानिस्तान र दक्षिण अफ्रिका भिड्नेछन्।
बंगलादेशलाई हराउनै पर्ने खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर, पटक(पटक वर्षाले खेलमा असर गर्दा नयाँ लक्ष्यका रूपमा १९ ओभरमा १ सय १४ रन दिएको थियो। तर बंगलादेश १७।५ ओभरमा १ सय ५ रनमा अलआउट भयो।
अफगानिस्तानको सेमिफाइनल खोस्नका लागि ओपनर लिटन दासले ५४ रनको अर्धशतकीय इनिङ खेलेपनि उनले अर्को छेउबाट अन्तिमसम्म साथ नपाउँदा अफगानिस्तान भाग्यमानी बन्यो। उनी बाहेक कुनैपनि बंगलादेशी ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्।
बंगलादेशका लागि थप दोहोरो स्कोरका रूपमा टोहिद हृदोयीले १४ रन बनाउँदा सौम्य सरकारले १० रन बनाए। अफगानिस्तानका लागि रसिद खान र नभिन उलहकले समान ४(४ विकेट लिँदा फजलहक फारुखी र गुल्बदिन नावीले समान १(१ विकेट लिए।
त्यसअघि टस जितेर पिहले ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो।
उसका लागि ओपनर रमनुल्लाह गुरवाजले ४३ रन बनाउँदा इब्राहिम जाद्रानले १८ रन बनाए। त्यस्तै, अज्मतुल्लाह ओमरजाइले १० रन बनाए।
बंगलादेशका लागि रिसहद होसेइनले ३ विकेट लिँदा मुस्ताफिजुर रहमान र तस्किन अहमदले समान १(१ विकेट लिए।