धनगढी : डडेल्धुरामा दुई मोटरसाइकल ठोक्किँदा ३ जना घाइते भएका छन् ।आलिताल गाउँपालिका(४ को वडा कार्यालय नजिक जालटुडामा १९ वर्षीय कमल बोहराले चलाएको सुपप्र ०१००१० प ३९९४ नम्बरको मोटरसाइकल र आलिताल-८ का ३७ वर्षीय गणेशदत्त भट्टले चलाएको सुपप्र ०१०११ प ७८०१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
आज बिहान भएको सो दुर्घटनामा कमल बोहरासहित उनको मोटरसाइकलमा सवार खगेश्वरी बोहरा र यशोदा बोहरा घाइते भएका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिह भाटले बताए । उनका अनुसार घाइते तीनै जनालाई उपचारका लागि धनगढी पठाइएको छ ।