धनगढी : नदीमाथी झोलुङ्गे पुल बन्न थालेपछि कञ्चनपुरको कृष्णपुरका ग्रामिण बस्ती सहर सगं जोडिन थालेका छन् । कैलालीको सिमा सगं जोडिएका गाउँहरु बिचमा पर्ने मोहना नदीका कारण सहर सगं जोडिएका थिएनन् । पछिल्लो समय अधिकाशं क्षेत्रमा झोलुङ्गे पुल बन्न थालेपछि दैनिक जिबनयापनका लागी गाउँहरु धनगढी सहर सगं जोडिन थालेका हुन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ८ र ९ कैलालीको धनगढी उपमहानगरपालिका सगं जोडिएका वडा हुन् । यि गाउँ सगैं धनगढी जोडिएपनि बिचमा पर्ने मोहना नदीमाथी पुल नहुँदा दैनिक जिवनयापनका लागी घण्टौँ लगाएर गुलरिया बजार धाउनुपथ्र्यो । अहिले भने मोहना नदीमाथी एकपछि अर्को पुल बन्न थालेपछि यहाँका नागरिकलाई दैनिक जिवनयापनमा सहज भएको हो ।
कृष्णपुर नगरपालिका र धनगढी उपमहानगरपालिका जोड्नका लागी मोहना नदीमाथी हाल ३ झोलुङ्गे र १ पक्की गरी ४ पुल निर्माण भइसकेका छन्, भने फेरी मल्लोराजघाट देखी राजपुर जोड्न झोलुङ्गे पुल निर्माण शुरु भएको छ । यो पसल नहुँदा हाम्रा नागरिकले निकै दुख पाउनुभयो वडा नम्बर ९ का अध्यक्ष कैलास बलायरले भने “यहाँबाट २ किलोमिटर तल गयो भने तल्लो राजघाट र बोराडाँडी जोड्ने पुल आउँछ गत बर्ष त्योपनि नगरपालिकाले निर्माण गरेको हो, त्यो झोलुङ्गे पुलले केही सहज गरेको थियो अब यहाँ निर्माण शुरु भएको पुल सम्पन्न भएपछि नागरिकलाई निकै सहज हुने छ ।” हाम्रा गाउँबाट अधिकाशं बिद्यार्थी पढ्नका लागी धनगढीमै जानुहुन्छ पुल नभएकै कारण बर्षातमा निकै समस्या हुने गरेको थियो उनले भने “ झोलुङ्गे पुलहरुले साना बालबालिका देखी बिरामहिरुलाई सबैभन्दा सहज हुने छ, अस्पताल जान अब १५ मिनेको बाटो हुने छ, पुलहरुले धनगढीलाई एकदमै नजिक बनाइरहेको छ ।”
कृष्णपुर नगरपालिका कृषी तथा पशुपालनको हव बन्दै जाँदा यहाँका किसानहरुलाई उत्पादित तरकारी, खाद्यान्न संगै दुधजन्य पदार्थ बिक्रिका लागी कञ्चनपुरकै बजारमा सिमित हुनु परेको थियो । नदीमाथी धमाधम पुल निर्माण हुन थालेपछि उत्पादित कृषी जन्य बस्तु बिक्रि वितरणका लागी सहज हुनुका साथै लागत अनुसारको मुल्य समेत पाइन थालेको छ । हामी कृषी पेषामा आबद्ध छौँ स्थानिय घनश्याम जोशीले भने “यहाँ उत्पादित दुध धनगढीकै बजारमा बिक्रि गर्न जानुपर्छ, दुध बेच्न जानेहरु ज्यान जोखिममा राखेर नदी पार गर्नुहुन्थ्यो, कति जनाले त नदीमा बगेर ज्यान गुमाइ सक्नुभाछ, अब झोलुङ्गे पुलहरु बन्दैछन्, हाम्रा दिन सुखद हुन्छन की ।”
यस्तै कृष्णपुर नगरपालिका ९ कै कालिका चौधरीले नदिमाथी बनिरहेका पुलले किसान सबैभन्दा खुशी भएको बताइन् । हामी तरकारी बिक्रि गर्न धनगढ िजान्छौँ उनले भनिन् “बर्षातमा नदीले धनगढी जानै पाउँदैनथ्यौँ, सस्तोमा यतै बिचौलियाकहाँ तरकारी बेच्न बाध्य थियौँ, अब धनगढी १५ मिनेटको बाटो हुने छ, हामी आफ्नो उत्पादन उचित मुल्यमा बिक्रि गर्न पाउने छौँ ।”
गत शुक्रबार मात्रै कृष्णपुर नगरपालिका ९ र धनगढी उपमहानगरपालिका १३ जोड्न मल्लोराजघाटमा झोलुङ्गे पुल निर्माण शुरु भएको छ । एक करोड बढी लागतमा निर्माण शुरु भएको पुलबाट मल्लो राजघाट क्षेत्रका २ सय परिवार लाभाम्बित हुने कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले बताएका छन् । हाल चटकपुर– चपरतला जोड्ने पक्की पुल, तल्लो राजघाट–बोराडाडी जोड्न झोलुङ्गे पुल निर्माण भइसकेका छन्, उनले भने “राजपुर–मल्लो राजघाट जोडनका लागी झोलुङ्गे पुल निर्माण शुरु भएको छ, यि बाहेक गोदावरी नगरपालिका जोड्न दुई वटा झोलुङ्गे पुल निर्माण भइसकेका छन् ।” वर्षातको समयमा यस क्षेत्रमा पुलको समस्या हुने सानो काठको जोखिम भएको अस्थाई पूल पार गरेर आवजवात गर्ने गरेका छन् । यो झोलुङ्ग पुल निर्माणले बाढीले बगाउने गरेको समस्यालाई समाधान गर्न र यस क्षेत्रका मजदुर, दूध, तरकारी लगायतका उपज वस्तुहरू बेच्ने कृषक, पढ्न जाने विद्यार्थीहरु, बिरामी भएको बेला उपचारका लागी धनगढी अस्पतालमा गइरहेको बिरामीहरू, साथै दैनिक उपभोग्य सामग्रीहरू किनमेलमा आवतजावतको कठिनाइलाई मध्यनजर गरी उनीहरुको सुविधाको लागी अबको केही महिनामै सहज हुने गरी मेयर ओझाले बताए ।
सबै ठाउँमा पक्की पुल निर्माण गर्न सम्भव नदेखिएपछि कृष्णपुर नगरपालिकाले नागरिकको दैनिकि सहज बनाउन झोलुङ्गे पुल निर्माण कार्यलाई निरन्तरता दिएको हो । झोलुङ्गे पुल निर्माण पछि बिषेशगरी बर्षातका बेला बिद्यालय जानैबाट बन्चित हुने बालबालिका र बिरामीहरु सबैभन्दा बढी लाभाम्बित हुने छन् ।