धनगढी । नेपाल जन स्वास्थ्य संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा शिवराज सुनार निर्वाचित भएका छन् । आज धनगढीमा भएको मतदानमा अध्यक्ष पदका अर्का उम्मेदवार लालबहादुर धामीलाई ५२ मतले हराउँदै सुनार विजयी भएका हुन् । सुनारले एक सय ४१ मत पाउँदा धामीले ८९ मत मात्रै पाएका हुन् । त्यस्तै उपाध्यक्षमा भुपेन्द्र सिंह महरा एक सय २१ मत ल्याएर विजयी हुदा अर्का उम्मेदार सुमन भट्ट पनेरु एक सय ११ मत ल्याएर पराजित भईन् । सचिवमा नृपराज डगौरा एक यि २५ मत ल्याएर विजयी हुदा अर्का उम्मेदवार हरिष भट्ट एक सय ७ मत ल्याएर पराजित भए । नयाँ नेतृत्व चयनका लागी अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा मात्रै निर्वाचन भएको हो । अन्य पदमा भने निर्विरोध नेतृत्व चयन भएको थियो । कोषाध्यक्षमा प्रनिता भट्ट, सह सचिवमा राम चन्द्र जोशी र सदस्यहरुमा आशिष शाह, विर बहादुर कुंवर, विरेन्द्र भट्ट , राजेन्द्र भट्ट मनिषा झा र ममता कुमारी जोशी निर्विरोध निवाचित भएका थिए ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.