धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । शनिबार आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेश सभामा चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ हजार, पूँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार, अन्तर सरकारी वित्तीय व्यवस्थातर्फ २ अर्व ९२ करोड ७० लाख १० हजार र वित्तीय व्यवस्थापन तर्फ १० करोड विनियोजन गरेको जानकारी दिएका हुन ।
त्यस्तै सुदूरपश्चिमका ९ जिल्लामा रहेका प्रदेशका ३२ निर्वाचन क्षेत्रमा एउटाका दरले ३२ वटा नमुना विद्यालय बनाईने भएका छन । प्रत्येक निर्वाचन क्षेत्रमा एक÷एक का दरले ३२ विद्यालयको शिक्षामा सुधारका लागि २० करोड विनियोजन गरिएको छ ।
आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेश सभामा आर्थक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै २० करोड विनियोजन गरिएको बताए ।सुदूरपश्चिमका ९ जिल्लामा ९ वटा उद्योग स्थापना हुने भएका छन । आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेश सभामा आर्थक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै ९ जिल्लाका लागि ९ वटा उद्योग स्थापनाका लागि ९ करोड विनियोजन गरेका हुन ।