धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका कृषीको हव बन्दै गएको छ । पछिल्लो समय कृषी तर्फ नगरबासीको आकर्षण बढेसगैं नगरपालिकाले बढाएको लगानीले कृषीको हव बन्दै गएको हो । तरकारीमा आत्मनिर्भर रहेको नगरपालिकाले ८० प्रतिशत तरकारी कैलाली तथा कञ्चनपुरका बजारमा निर्यात गर्ने गरेको छ । किसानहरुले कृषीमा लगाव बढाइरहँदा नयाँ उपकरण वितरण र तालिममा नगरपालिकाले जोड दिएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका हरिराम डगौरा लामो समय मिश्री काम गर्दै आएका थिए । २०५८ सालपछि भने उनको पेसा फेरिएको छ । २०५१÷५२ सालतिर तरकारी खेतीका लागि तालिम लिएका हरिराम हाल व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका छन्।
उनले ३० कठ्ठा क्षेत्रफलमा तरकारी खेती गरेका छन् । परिवारका सबै सदस्य तरकारी खेतीमा संलग्न छन्। उनले भने, ‘हामीले व्यवसायीक तरकारी खेती गर्दै आएका छौ । सिजन अनुसार कामदारको संख्या हुन्छ ।’ कृष्णपुर नगरपालिका–६ को बालुवाफाँटामा सबैभन्दा पहिला व्यवसायीक रुपमा तरकारी खेती हरिराम डगौराले सुरुवात गरेका थिए । उनले २० कठ्ठा क्षेत्रफलमा खेती गर्न जमिनसमेत खरिद गरेका छन् । कैलालीको अत्तरिया बजारमा घरसहितको घडेरी जोडेका छन् । अत्तरिया बजारमा उनले तरकारी बिक्रीबाट घडेरी जोडेका हुन्। मौसम अनुसारको तरकारी खेती गर्दै आएका डगौराको बारीमा हाल करेला, चिचिन्डा, लौका, काक्रो, बोडी लागयत तरकारी छन्। अन्य समयमा ठुलो क्षेत्रफलमा तरकारी खेती गर्दै आएका उनले हाल ३० कठ्ठामा तरकारी खेती गरेका छन् । उनले भने, ‘अहिले ३० कट्ठामा तरकारी खेती गरिएको छ ।
कृष्णपुर नगरपालिकामा अधिकाशं किसान तरकारी तथा ब्यवसायिक अन्न बाली तर्फ आकर्षित भएका छन् ।
कृष्णपुर नगरपालिका ६ की मन्तरा कुमारी राना हुर्के देखी कृषी पेषामै आवद्ध छिन् । घरका लागी तरकारी तथा अन्नबाली उत्पादनमा मात्रै सिमित उनि कृषक समुहमा जोडिएर ब्यवसायिक तरकारी खेती गर्दै छिन् । कृष्णपुर नगपालिकाबाट ८० प्रतिशत अनुदानमा बिउ वितरण गर्दै नगरपालिकाले चैते धान, मुम दाल, ढैँचा उपलब्ध भएपछि उनमा थप उर्जा पलाएको छ । लामो समयदेखी कृषी पेषामा आबद्ध किसानहरु थप ब्यवसायिक बन्दै छन् । कृषी क्षेत्रको बिस्तार गर्दै ब्यवसायिक कनिरहेका किसानहरुलाई सरकारी सरंक्षण हुँदा निकै राहत भएको उनि बताउँछिन् । आफ्नै खेतबारीमा अन्नबाली तथा तरकारी उत्पादन गर्दै कैलाली र कञ्चनपुरका बजारमा बिक्रि गर्ने गरेको रानाले बताइन् ।
गत आर्थिक बर्षको तथ्याकं अनुसार कृष्णपुर नगरपालिका भित्र ११ हजार ३ सय १९ हेक्टर क्षेत्रफलमा अन्नबाली लगाइएको थियो । सोही आर्थिक बर्षमा १ सय ९६ हेक्टर क्षेत्रफलमा दलहन वाली, १ सय हेक्टरमा तेलहन बाली खेती गरिएको नगरपालिकाका कृषी साखा प्रमुख लाल बहादुर धामीले बताए । नगरको ४८ हेक्टर क्षेत्रफलमा मात्रै आलु खेती गरिएको छ भने, ४ हजार ६ सय ५२ हेक्टर जमिनमा केरा खेती गरिएको छ उनले भने “२ सय ८८ हेक्टर क्षेत्रफलमा तरकारी खेती भइरहेको कृष्णपुरले आगामी बर्ष ३ सय ५० हेक्टर जमिनमा तरकारी खेती गर्ने लक्ष लिएको छ, कृषीको हव बनाउनका लागी हामीले कृषी प्रबद्र्धनका लागी किसानहरुलाई आवश्यक उपकरण, बिउ बिजन लगायतमा सहायता गर्दै आएका छौँ ।” यसका साथै फलामे ट्रस्ट, पोलिहाउस निर्माण, सिचाई मोटर, इलेक्ट्रिक स्पेयर, हजारी, ८० प्रतिशत अनुदानमा बिउ वितरण लगायत कृषी प्रबद्र्धनका कार्यक्रम ल्याएको उनले बताए ।
कृष्णपुर नगरपालिकाकी उप–प्रमुख द्रोपती रानाले हाटबजार नभएकाले किसानलाई समस्या हुने गरेको बताइन् । उनले नगरपालिकाले हाटबजार सञ्चालनको तयारी गरिरहेको बताएकी छन् । नगरपालिकाले कृषीबाटै आर्थतन्त्र बलियो बनाउन खोजेको छ । नगरपालिकाले तरकारी, दलहन, तेलहन बाली सगैं चैते धान खेतीलाई प्रबद्र्धन गरिरहेको छ । कृष्णपुर नगरपालिकाले कृषीलाई आधुनिकिकरण सगैं बजार प्रतिस्प्रधी बनाउन खोजेको नगर प्रमुख हेमराज ओझा बताउँछन् । अधिकाशं क्षेत्र कृषीयोग्य जमिन रहेको नगरपालिकाले कृषी मात्रै आम्दानीको श्रोत देखेको छ । कृषी पकेट क्षेत्रका रुपमा बिकास गरिरहेको नगरपालिकाले दीर्घकालिन फाइदा हुने गरी अनुदान वितरण गर्दै आएको उनले बताए । हामी वास्तविक किसानको पहिचान गरी आवश्यक उपकरण तथा बिउ बिजनमा नगरपालिकाले अनुदान उपलब्ध गराउँदै आएका छौँ उनले भने “निकट भविश्यमा माटो परिक्षण गर्ने र रिपोर्टका आधारमा उपयुक्त खेतीमा लगानी गरेर कृष्णपुरबाट कृर्षी क्रान्ती शुरु गर्ने सोचेका छौँ ।”
आन्तरिक आम्दानी निकै न्युन रहेको कृष्णपुर नगरपालिकाले थोरै लगानीमा धेरै प्रतिफल दिने खालका परियोजना शुरु गरिरहेको छ । कृषीलाई प्रार्थमिकतामा राखेको नगरपालिकाले भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका बिषयमापनि सिमित श्रोध साधनको अधिकतम प्रयोग गर्ने निति अबलम्बन गरेको छ ।